सामान्य अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?


 


काठमाडौं, साउन २५ । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ।

नेप्से परिसूचक ५.१३ अंकले बढेर दुई हजार ६६.०५ बिन्दुमा कायम भएको छ। आज एक सय पाँच कम्पनीका सेयरको मूल्य वृद्धि हुँदा एक सय आठ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

आज ५५ लाख तीन हजार कित्ता सेयर दुई अर्ब १५ करोड ६५ लाख ८३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आज कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार एक अर्ब ८७ करोडबराबरको सेयर किनबेच भएको थियो।

यस दिन नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहमा गिरावट आएको छ भने बाँकी उपसमूहमा वृद्धि भएको छ। सबैभन्दा धेरै वित्त उपसमूह ०।३९ प्रतिशतले घट्दा होटेल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ।

आज अभियान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरेका छन्। उक्त कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले बढेको छ।

त्यसैगरी, सिँगटी हाइड्रो इनर्जी र श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य क्रमशः ७.४९ प्रतिशत र ६.५५ प्रतिशतले बढेको छ। यता, हिमालयन लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.५३ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्