लगातार घट्दै सुनको मूल्य, कति छ आज ?


 


काठमाडौं, साउन २६ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो पनि अघिल्लो दिनको तुलनामा तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि ओरालो लागिरहेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्