नबसेरै स्थगित भयो प्रतिनिधिसभाको बैठक, अर्को बैठक ५ भदौमा


 


काठमाडौं, भदौ ३ । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । संसदको अवरोध खोल्ने प्रयास सफल नभएपछि संसद सचिवालयले भदौ ५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो ।

आज संसदको अवरोध खुलाउनका लागि सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसंग सहमति जुटाउने प्रयास गरेका थिए ।

दुबै बैठकमा नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । सरकार पनि उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडानमा छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ६० किलो सुन भन्सार पास भएर आउनुमा गृहमन्त्री र अर्थमन्त्री पनि दोषी रहेको दाबी गर्दै उनीहरुमाथि पनि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि संसद बैठक अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्