बीमा रकमको लोभमा श्रीमतीको हत्या, तीन जना पक्राउ


 


काठमाडौं, भदौ ३ । श्रीमतीको हत्या गरेर बीमाको क्षतिपूर्ति लिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीको हत्या गरेर बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने श्रीमान र त्यसमा संलग्न अन्य दुई जना गरी बारा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

विमाबाट मोटो रकम लिनको लागि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा बारा कलैया उपमहानगरपालिका– २६ का नाथु देवानलाई प्रहरीले पक्राउ गरेपछि यो केश बाहिर आएको हो ।

देवानसँगै श्रीमतीको मृत्यु भए बीमाबाट मोटो रकम आउने भन्दै उनलाई उक्साएको आरोपमा एशियन लाईफ ईन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अंसारी पनि पक्राउ परेका छन् ।

पक्राउ परेका देवानले अन्दाजी ४० वर्षीया पत्नी हजरा खातुनको नाममा एशियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैंयाको जीवन बीमा गराएका थिए ।

बीमा अभिकर्ता अन्सारीमार्फत उनले श्रीमती खातुनको नाममा २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५÷२५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा गराएका थिए।

गत वर्ष भदौमा हजाराको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिएको थियो । सवारी दुर्घटनामा मृत्यु भएको भनी आवश्यक कागजात बनाएर उनले बीमा दावी गरेपछि सबै कानूनी प्रकृया पुरा गरेर बिमाको क्षतिपूर्ती दाबी गरे ।

उनलाई एशियन लाईफका अभिकर्ता कलैयाले कागज बनाउँन साथ दिए । सबै प्रकृया पुरागरेपछि बिमा कम्पनीले यही असार अर्थात २०८० असारमा बीमा कम्पनीले देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैया क्षतिपूर्ति भुक्तानी गरेको थियो ।

देवानले बीमाबाट रकम बुझिसकेपछि देवान पत्नी हजराको मृत्यु शंकास्पद भएको सूचना पाएको प्रहरीले देवानलाई सोही समयदेखि निगरानीमा राखेको थियो ।

देवानले श्रीमतीको आफूले नै हत्या गरेर दुर्घटनाको नाटक गरेर बीमा कम्पनीबाट रकम निकालेको भन्ने प्रमाणका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्