अस्पतालबाटै बच्चा गायब पार्ने प्रेमी र डाक्टर पक्राउ


 


विराटनगर, भदौ ३ । आफ्नो प्रेमिकाबाट असार १३ गते जन्मिएको बच्चा गायब पार्ने प्रेमी र चिकित्सक पक्राउ परेका छन् ।

कोशी अस्पतालका पूर्वप्रमुखसमेत समेत रहेका स्त्री तथा प्रसुति रोग विशेषज्ञ कर्ण र युवतीका प्रेमी भोजपुर हतुवागढी गाउँपालिका–४ का बासिन्दा २७ वर्षीय गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहालका अनुसार असार १३ मा २६ वर्षीया अविवाहित युवतीले नर्मल रुपमा अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् । त्यसरी जन्माइएको शिशु गायब भएको खुलेपछि चिकित्सक र ती युवकलाई पक्राउ गरिएको उनले बताए ।

फूलकुमारीले जन्माएको शिशुको जिम्मा डाक्टर कर्णले लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका कर्ण बिरामी भएको भन्दै कोशी अस्पतालमा भर्ना भएका छन्।

चिकित्सकसँगको मिलेमतोमा बेपत्ता पारिएको शिशु कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्