कोशीका मुख्यमन्त्रीकाे प्रस्ताव : सहमतीय राजनीति गराैं


 


विराटनगर, भदौ ४ । कोशीका मुख्यमन्त्री उद्धव थापाले सहमतीय राजनीति गरौं भन्दै एमाले र राप्रपासंग विश्वासको मत मागेका छन् ।

उनले आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान गरेका हुन् ।

मुख्यमन्त्री थापाले नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता र संवादमार्फत द्वन्द्व मेटाउँदै जाने बताएका छन् ।

प्रदेशसभाको बैठक सुरु भएको बैठकको सञ्चालन नेपाली कांग्रेसका सांसद इस्माइल मन्सुरीले गरेका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्