सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, भदौ ५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ सय रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्