सात जना शिशुको हत्या गर्ने नर्सलाई आजीवन कारावास


 


एजेन्सी । बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर भएकी नर्सलाई आजीवन काराबासको सजाय सुनाइएको छ ।

बेलायती अदालतले अमेरिकी मुलकी बेलायती नर्स लुसी लेटबीलाई आजीवन काराबासको सजाय दिएको हो । ३३ वर्षीया लुसी लेट्बीलाई बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिई हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार म्यानचेस्टर क्राउन अदालतले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि आरोपलाई पुष्टि गर्दै फैसला सुनाइएको थियो ।

सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म बेलायतको काउन्टेस अफ चेस्टर अस्पतालमा नवजात शिशुको ज्यान गएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।

उनले ती शिशु र बालबालिकालाई जबरजस्ती दुध र अत्यधिक पानी खान दिई हत्या गरेको अनुसन्धानबाट खुलेको छ । बच्चाहरू बिरामी परेको वा उनीहरूको ज्यान गएको समयमा लेट्बी सिफ्टमा रहेको बताएपछि अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्