‘राष्ट्रपति राजनीतिक रुपमा सक्रिय भए, बैठकमा गएनाैं’


 


काठमाडौं, भदौ ५ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ ।

राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले बैठकमा नगएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले संसदको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले नै पहल गरिरहेका बेला त्यही विषयमा राष्ट्रपतिले सक्रियता देखाउनु गलत भएको बताए ।

सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् ।

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए । यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन् ।

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्