सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए


 


काठमाडौं, भदौ ७ । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग नाम जोडिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानिएको छ ।

चिनियाँ नागरिकसंग नाम जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि गृह मन्त्रालयले अधिकारीलाई मन्त्रालयमा तानेको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्