प्रहरीमा जागिर लगाइदिने भन्दै युवतीलाई ठगी गर्ने पक्राउ


 


दाङ, भदौ ७ । दाङमा प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम अशुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जागिर लगाइदिने प्रलोभन दिई दुई लाख रकम असुली गरेको आरोपमा पाल्पा घर भई काठमाडौं बस्ने ५८ का नरेश गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

गौतमले लमही नगरपालिका–७ की एक २२ वर्षीया युवतीबाट नेपाल प्रहरीमा जागिर लगाइदिने भनी रकम ठगी गरेको प्रहरीको आरोप छ ।

पीडित महिलाले उजुरी दिएपछि गौतमलाई साउन २९ गते काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

पक्राउ परेका गौतमलाई दाङ ल्याएर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्