जुवा खालबाट पक्राउ परेका पालिका अध्यक्ष धरौटीमा रिहा


 


मुस्ताङ । जूवा खालबाट पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा छुटेका छन् ।

जूवा खालबाट पक्राउ परेका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूलाई जनही २५ हजार धरौटीमा छाडेको हो । उनीहरू धरौटी बुझाएर रिहा भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

भदौ ७ गते पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित होटेल लक्ष्मीबाट पक्राउ कास्की प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्