वैद्यको भर पर्दा सर्पले टोकेकी महिलाको मृत्यु


 


धनगढी, भदौ १३ । बैतडीमा सर्पले टोकेपछि वैद्यको भर पर्दा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ बस्ने ५५ वर्षीया पार्वती घटालको सर्पको टोकाइबाट मृत्यु भएको हो । स्थानीयका अनुसार घटाललाई मंगलबार साँझ खाना पकाउने क्रममा सर्पले भान्सा कोठामा टोकेको थियो ।

घटाललाई निको पार्ने भन्दै स्थानीय वैद्यले झारफुक गरेका थिए तर घटालको भने झारफुक गर्ने क्रममा राति १ बजे मृत्यु भएको पञ्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष दिवान सार्कीले बताए ।

उनका अनुसार स्वास्थ्य संस्था निकै टाढा भएकाले आफन्तले तत्काल स्थानीय वैद्यलाई बोलाएर झारफुक गराएका थिए ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्