रक्षामन्त्रीको सैनिक अस्पतालमा शल्यक्रिया, प्रधानमन्त्रीले भेटे


 


काठमाडौं, भदौ १४ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको सैनिक अस्पताल छाउनीमा प्रोस्टेटको शल्यक्रिया भएको छ ।

हिजो (बुधबार) अस्पताल भर्ना भएका उनको बिहीबार प्रोस्टेटको शल्यक्रिया भएको हो । शल्यक्रिया पश्चात खड्काको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ ।

यसैबीच  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सैनिक अस्पताल पुगेर खड्काको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति: १४ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्