गोसाईंकुण्ड दर्शन गरी फर्किरहेका काठमाडौंका एक युवक बेपत्ता


 


काठमाडौं, भदौ १५ । जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किरहेका काठमाडौंका एक युवक बेपत्ता भएको हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले जनाएको छ ।

उनको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्