कंगोमा राष्ट्रसंघ बिरोधी प्रदर्शनमा आक्रमण, ५० जनाको मृत्यु


 


एजेन्सी, भदौ १५ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्रसंघ बिरोधी प्रदर्शनमाथि भएको आक्रमणमा ५० जनाको मृत्यु भएको छ ।

कंगोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकबिरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए ।

सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा मारिने प्रहरीसहित ५० जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ ।

उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् ।

प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लडाकूको हिंसाको चपेटामा परेको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्