सिंगापुरको राष्ट्रपतिमा भारतीय मुलका नेताको सानदार जित


 


काठमाडौं । सिंगापुरको नयाँ राष्ट्रपतिमा भारतीय मुलका नेता थार्मन सानमुगारातनाम भारी मत ल्याएर विजयी भएका छन् ।

भुँइकटर चुनाव चिन्ह लिएर उठेका उनले ७०.४ प्रतिशत मत ल्याएर सानदार जित हात पारे ।

उनका निकटतम दुई प्रतिस्पर्धीले क्रमशः १५.७२ र १३.८८ प्रतिशत मत ल्याएको सिंगापुरको च्यानल न्यूज एसियाले उल्लेख गरेको छ । च्यानल न्यूज एसियाका अनुसार २४ लाख ८० हजार मतदाताहरुले चुनावमा भाग लिएका थिए ।

दक्षिण भारतीय राज्य तामिननाडुबाट चार पुस्ता अगाडि उनको परिवार सिंगापुर पुगेको थियो । उनी सिंगापुरका नवौँ रास्ट्रपति भएका हुन् । उनको विजय घोषणा शुक्रबार भएको हो ।

६६ वर्षका नयाँ रास्ट्रपतिको अध्ययन बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सदेखी बेलायतको क्याब्रिज र अमेरिकाको हार्भड विश्वविद्यालयमा भएको हो । उनी सिंगापुरका पूर्वमन्त्री तथा अर्थशास्त्री पनि हुन् ।

प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्