नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा अमित श्रेष्ठ नियुक्त


 


काठमाडौं, भदौ १९ । नेपाल क्लियरिङ्ग हाउसको संचालक पदमा फाइनान्स कम्पनीहरुका तर्फबाट आइसीएफसी फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई नियुक्त गरिएको छ ।

क्लियरिङ्ग हाउसको आइतबार बसेको संचालक समितिको बैठकबाट श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संचालक रहनु भएका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएपछि उक्त पद रिक्त रहेको थियो ।

सञ्चालक पदमा नियुक्त श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढी काम गरेको अनुभव छ ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था छ ।

एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएकोछ ।

प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्