भारतले स्वीकृत गर्यो नेपालबाट १० हजार मेगावाट बिजुली खरीद गर्ने प्रस्ताव


 


काठमाडौं, भदौ १९ । भारत सरकारले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

गतसाता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको नयाँदिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले पुष्टि गरे ।

यद्यपि भारतको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने प्रेस इन्फर्मेसन ब्युरोको वेबसाइटमा भने उक्त निर्णय आइसकेको छैन ।

मंगलबार बिहान राजदूत शर्माले समाजिक सञ्जाल ‘एक्स’ मा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा गएको बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो ।

प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्