बिहे गर्ने आश्वासन दिएर बलात्कार


 


झापा, भदौ २३ । झापामा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

युवतीलाई विवाह गर्ने आश्वासन देखाई युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कनकाई नगरपालिका–३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाललाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

कमालले ती महिलालाई विवाह गर्ने आश्वसन देखाई अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको ईलाका प्रहरी कार्यालय सुरुङ्गामा परेको थियो ।

सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्