महिलाकै घरमा गएर जबरजस्तीकरणी, एक जना पक्राउ


 


कञ्चनपुर, भदौ २३ । कञ्चनपुरमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणीको आरोपमा प्रहरीले जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

चौधरीले ती महिलालाई भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्