सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्यो


 


काठमाडौं, भदौ २४ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जननाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्