स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ


 


नवलपरासी, भदौ २४ । नवलपरासीको सरावल गाउँपालिका– ७ भुजहवाबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

भारतीय सीमा नजिकबाट प्रहरीले रुपैयाँसहित पाल्हीनन्दन गाउँपालिका– २ हरपुरका रामपत गुप्ता र गफ्फार राइन कुजडालाई पक्राउ गरेको हो ।

नम्बर प्लेट नराखिएको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई भारतीय सीमा नजिक चेकजाँच गर्ने क्रममा उक्त रकम भेटिएको नवलपरासीका प्रहरी प्रमुख एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्