कोशी प्रदेशमा बजेटसम्बन्धी दुई अध्यादेश प्रमाणित


 


विराटनगर, भदौ २४ । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुईवटा अध्यादेश प्रदेश प्रमुख पर्शुराम खावुङले प्रमाणित गरेका छन् ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई भदौ १० गते स्वतः निष्क्रिय भएको थियो ।

तर हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री नियुक्त भएपछि सोही अध्यादेश ल्याउने निर्णय शुक्रबार नै गरेका थिए ।

सरकारले प्रदेशलाई बजेट शून्यतामा जान नदिन बजेट सम्बन्धी अध्यादेशहरु जारी गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्