१६ वर्षीया बालिका बलात्कार आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ


 


धनकुटा, भदौ २४ । धनकुटामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।

बलात्कार आरोपमा जिल्लाको पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय वृद्ध रंगलाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई गत आइतबार दिउँसो डर त्रास देखाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएकी थिइन्।

बालिकाको उजुरीका आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घटनामा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्