साढे १० लाख भारुसहित एक भारतीय पक्राउ


 


विराटनगर, भदौ २४ । विराटनगरबाट १० लाख भारती रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई विराटनगर–१६ बाट पक्राउ गरेको हो ।

शंका लागेर झोला चेकजाँच गर्दा उनको साथबाट ५०० दरका भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । नेपालमा ५०० दरका भारतीय नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

थप अनुसन्धानका लागि पक्राउ परेका यादव र नगद राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइने डीएसपी दाहालले बताए ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्