काठमाडौंमा बालबालिकाका लागि कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान


 


काठमाडौं, भदौ २५ । काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइने छ ।

खोप काठमाडौं जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप सबै नगर अस्पतालहरूबाट लगाइनेछ ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्