बाजुरामा मेला हेर्न गएका दुई युवकमाथि सांघातिक आक्रमण


 


बाजुरा, भदौ २५ । बाजुराको खप्तड छेडेदहमा मेला हेर्न गएका दुई युवकमाथि सांघातिक आक्रमण भएको छ ।

खप्तड छेडेदह गाउँपालिकाको छेडेदह तालमा कृष्ण जन्माष्टमीको मेला हेर्न गएका बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो।

कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको बताइएको छ। घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्