वित्तिय साक्षरता जागरणका लागि सांग्रिला बैंकको प्रभातफेरी


 


काठमाडौं, भदौ २५ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले यही भदौ २२ गते भैरहवा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
प्रभातफेरी भैरहवाको बुद्वचोक हुँदै देवकोटा चोक, बंैक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल हुँदै पुनः बुद्वचोकमा पुगेको थियो ।

सो कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति थियो ।

यस वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको बैंका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बताए ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्