सिंगापुरमा नेपाल लाइफका अभिकर्ताले फहराए देशको झण्डा


 


काठमाडौं, भदौ २५ । नेपालको प्रतिनिधित्व गर्दै जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका चार जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फेरेन्समा सहभागिता जनाएका छन् ।

विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फेरेन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो । २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग सात हजार ५०० जनाको उपस्थिति रहेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकीले सहभागिता जनाएका थिए । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराए । देशको झण्डा पहराउन पाउँदा निकै गौरवान्वित महसुस भएको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकासका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने उनले बताए । कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई एमडीआरटी बन्न उत्प्रेरणा प्रदान गरिरहेको उनले बताए ।

“किनकि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्षदेखि जीवन बीमा सम्बन्र्धि सेवा प्रवाह गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्तसम्ममा लगानी रु. १७२ अर्व रुपैयाँ छ ।

जीवन बीमा कोष करिव १६३ अर्व रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु त्था ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्