गठबन्धन पाँच वर्षसम्म ढुक्कले चल्छ : प्रचण्ड


 


विराटनगर, भदौ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सत्ता गठबन्धन पाँच वर्ष निरन्तर रहने बताएका छन् ।

विराटनगर स्थित समाजवादी मोर्चाको सन्देशसभामा सहभागी हुन आएका उनले सोमबार विहानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले बताएका हुन् ।

पत्रकारको प्रश्नको संक्षिप्त जवाफ दिँदै उनले भने ‘पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस् ।’

मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्