सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, भदौ २६ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सुन आज पनि प्रतितोला एक लाख १२ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । ्

आज सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने सामान्य बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्