नेम्वाङको निधनपछि बिपी साहित्य महोत्सव स्थगित


 


काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ।

संविधान सभाका तत्कालिन अध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष एवम प्रतिनिधिसभा सांसद सुवास नेम्वाङको निधनको शोकमा केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरु भएको बिपी साहित्य महोत्सव स्थगित गरिएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको छ।

प्रतिनिधि सभा सांसद नेम्वाङको गए राति निधन भएको थियो। बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्