डडेलधुराको अमरगढीका वडा सचिव मृत फेला


 


डडेलधुरा, भदौ २६ । डडेलधुराको अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका छन् ।

बैतडीको पाटन नगरपालिका–२ घर भएका ५८ वर्षीय पन्त अमरगढी नगरपालिकाकै स्याउले नजिक खाल्डोमा मृत भेटिएका हुन् ।

पन्तको से५प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।

पन्तको शव अहिले डडेलधुरा अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्