नेम्वाङ पार्टीको उपाध्यक्ष मात्रै थिएनन्, मेराे सुखदुःखका साथी पनि : अध्यक्ष ओली


 


काठमाडौं, भदौ २६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी भएको बताएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् नेम्वाङलाई श्रद्धाञ्जली दिँदै भनेका छन्, “लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !”

एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष नेम्वाङको हृदयाघातबाट गएराति निधन भएको छ । उनको शव अाज श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिँदैछ ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्