नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बस्यो


 


ललितपुर, भदौ २६ । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालय बैठक बसेको छ ।

आज (मंगलबार) बिहान पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।

स्वर्गीय नेम्वाङको अन्त्यष्टि भोलि गरिनेछ ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्