एमाले सचिवालय बैठक : नेम्वाङ बस्ने कुर्सीमा माला


 


काठमाडौं, भदौ २६ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि पार्टीको आकस्मिक रुपमा सचिवालय बैठक बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा नेता नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ ।

नेम्वाङको गए राति ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो । उनको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिँदैछ । उनको भोलि अन्त्यष्टि गरिनेछ ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्