एमालेले नेम्वाङको निधनमा तीन दिन झण्डा झुकाउने, औपचारिक कार्यक्रम नगर्ने


 


काठामाडौं, भदौ २६ । नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ।

बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो । बैठकले तीन दिनसमम औपचारिक कार्यक्रम समेत नगरिने निर्णय गरेको छ।

बैठकपछि कार्यवाहक महासचिव प्रदीप ज्ञवालीका अनुसार शोकमा तीन दिनसम्म झन्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने निर्णय भएको छ।

‘पार्टीका सबै औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित भएको छ,’ उनले भने, ‘असोज २ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको छ।’

नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार च्यासलमै श्रद्धाञ्जलीका लागि राखिने उनले बताए। नेम्वाङलाई राजकीय सम्मानसाथ अन्त्येष्टि गरिनेछ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्