हत्या आरोपमा आश्रममा बस्ने ७२ वर्षीय वृद्ध पक्राउ


 


काठमाडौं, भदौ २६ । काठमाडौंमा हत्या आरोपमा मानव सेवा आश्रममा बस्ने ७२ वर्षीय वृद्ध पक्राउ परेका छन्।

मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भई काठमाडौं महानगरपालिका–८ गौशाला बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने ७२ वर्षीय जगतबहादुर तामाङ पक्राउ परेका हुन्।

प्रहरी वृत गौशलाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो।

उनले मकवानपुर भिमफेदी गाउँपालिका–४ घर भएका ५० वर्षीय अमरराज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्