नेम्वाङको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा राखियो


 


काठमाडौं, भदौ २६ । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छन् ।

नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टि गरिनेछ । नेम्वाङका दुई छोरा र दुई छोरीहरु छन् ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्