काठमाडौं-१६ मा कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई


 


काठमाडौं, भदौ २६ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ ।

वडाध्यक्ष मुकुन्द रिजालको २१ भदौमा असामयिक निधन भएपछि सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गरिएको थियो ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्