श्रीमतीको हत्या गरेको आरोपमा ७१ वर्षीय श्रीमान पक्राउ


 


रसुवा, भदौ २६ । रसुवामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

गोसाइँकुण्ड गाउँपालिका–६ रेडपाण्डा चोकस्थित भूकम्पपीडित आवासमा बस्ने ७१ वर्षीय सुलाल कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेको खुलेपछि सुलाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ७१ वर्षीया सीता कामी घरमै मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्