बाबुको मुख हेर्ने दिन कुटपिट गरी बुवाको हत्या, छोरा पक्राउ


 


दाङ, भदौ २९ । दाङमा बुवाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको घोराही उपमहानगरपालिका– ५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको अभियोगमा उनकै छोरा २८ वर्षीय सन्तोष केसी पक्राउ परेका हुन्।

बुवाको मुख हेर्ने दिन बिहीबार राति ९ बजे सन्तोषले आफ्ना बाबु प्रेमबहादुरमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा गएराति ३ बजे मृत्यु भएको हो ।

कुटपिटबाट घाइते उनलाई उपचारका लागि घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठानमा लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेजमा रिफर गरेको थियो।

बुबामाथि निर्घात कुटपिट गर्ने सन्तोषलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।

सन्तोषले मुक्का र लात्तिले प्रहार गर्दा प्रेमबहादुरको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केसीले बताए ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्