करेन्ट लगाएर माछा मार्न खोज्दा एकजनाको मृत्यु


 


काठमाडौं, भदौ २९ । झापाको बाह्रदशी गाउँपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका ४५ वर्षीय गंगाराम गजमेरको मृत्यु भएको हो ।

उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्