भक्तपुरमा पुलमुनि एक युवक मृत फेला


 


काठमाडौं, भदौ २९ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित झोलुङ्गे पुलमुनि एक व्यक्ति मृत फेला परेका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ घर भई हाल काभ्रेको बनेपा नगरपालिका–१३ नयाँबस्ती बस्ने २३ वर्षीय शैलेस भारती आज बिहान साढे ५ बजे मृत फेला परेका हुन् ।

शव भेटिएको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीको अनुसन्धान अधिकृतसहितको टोली त्यहाँ पुगेर मुचुल्का गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा पुलमा एक जोर जुत्ता, एउटा मोजा र मृतक नजिकै अर्को एउटा मोजा फेला परेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्