चिकित्सक कुटपिट : हेटौँडा अस्पतालका ७९ चिकित्सकले बुझाए सामूहिक राजीनामा


 


मकवानपुर, भदौ २९ । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र बुझाएका छन् ।

हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले चिकित्सक कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई राजीनामा पत्र बुझाएका हुन् ।

अस्पताल भित्रै प्रवेश गरेर उपचारमा खटिएका डाक्टर माथि आक्रमण गर्ने र कारवाहीका लागि प्रहरी प्रशासनले देखाएको आनाकानी विरुद्ध सामूहिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता देखिएको एक चिकित्सकले बताए ।

हेटौँडा अस्पतालका मेसु डा. सापकोटा मार्फत हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउने तयारी गरिएको उनले बताए ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्