सर्वोच्चको न्यायाधीशमा शर्माको नाम सर्वसम्मत अनुमोदन


 


काठमाडौं, भदौ २९ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

आज (शुक्रबार) सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेपनि एउटा पनि उजुरी नपरेपछि शुक्रबार सिधै सुनुवाइ गरेको हो । गत भदौ १० गते बसेको न्याय परिषदको बैठकले शर्मालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएतापनि संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।

संसदीय समितिले शर्मालाई अनुमोदन गरेपछि अब राष्ट्रपतिले न्यायाधीशमा नियुक्ति गर्नेछन् ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्