संविधान दिवसको अवसरमा काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु


 


काठमाडौं, असोज ३ । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ ।

संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

सेवा सुचारु गर्दै बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गरेका छन् ।

सूर्यविनायकदेखि रत्नपार्कसम्म चल्ने द्रुत बस सेवा आज उद्घाटन भएपनि सर्वसाधारण यात्रुको लागि भने बिहीवारबाट मात्रै सञ्चालनमा आउनेछ ।

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्