प्रिन्सिपल हत्याको विरोधमा मधेस प्रदेशका विद्यालयहरु बन्द गरिने


 


बारा । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सिपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरु बन्द हुन लागेका हुन्।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आव्हानमा मधेश प्रदेशका विद्यालयहरु एक दिनका लागि शोक बिदा दिईएको हो ।

बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ ।सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय भएको सो विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्