जाजरकोटमा फेरि भूकम्पको धक्का


 


काठमाडौं । जाजरकोटमा फेरि भूकम्पको अर्को परकम्प मापन गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति राति साढे १० बजे जाजरकोटको पइन्क आसपास ३.९ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।

गत शुक्रबार राति गएको जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि निरन्तर परकम्प जाने क्रम जारी छ ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्